दफा १०
प्रस्तावको मूल्याङ्कन

(१) दफा ९ बमोजिम प्रकाशित सूचना अनुसार निजी क्षेत्रबाट प्राप्त प्रस्तावको मूल्याङ्कन समितिले देहायको आधारमा गर्नेछः–
(क) आकर्षक तथा बढी मूल्य प्रदान गर्ने,
(ख) प्रतिष्ठानलाई उच्च प्रतिफल (प्राप्त हुने गरी सञ्चालन गर्ने,
(ग) ......
(घ) रोजगारीका अवसर बृद्धि गर्ने,
(ङ) व्यवस्थापकीय अनुभव भएको,
(च) ........ व्यावसायिक योजना तथा थप लगानी गरी उद्योग तथा व्यवसाय विस्तार गर्ने ।
(१क) उपदफा (१). बमोजिम प्राप्त प्रस्तावको मूल्याङ्कनको आधारलाई एक सय पूर्णाङ्क मानी समितिले अङ्कभार तोक्न सक्नेछ। "

(२) उपदफा (१) बमोजिम मूल्याङ्कन गर्दा दुई वा दुई भन्दा बढी लगानीकर्ताहरूको प्रस्ताव मिल्दोजुल्दो देखिएमा नेपाली लगानीकर्ता वा नेपाली लगानीकर्ताहरूको समूहलाई प्राथमिकता दिइनेछ ।